मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सूचारु
विदुर खबर
२०७९ साउन १८ गते ९:५४

नुवाकोट । मुग्लिन : पुनः पहिरो झरेका कारण बिहान २ः३० बजेबाट अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सूचारु भएको छ ।
केराबारीमा झरेको पहिरो करिब ६ घण्टा लगाएर पन्छाई अहिले बिहान ९ः१० बजेबाट दुईतर्फी सूचारु भएको छ ।
उक्त सडकखण्डमा सोमबार ११ बजे राति देखि पहिरो गएर अवरुद्ध भएको थियो र २३ घण्टापछि गएराति करिब पौने १० बजेबाट सूचारु भएको थियो।
तर बिहान २ः३० बजे पुनः पहिरो गएपछि अवरुद्ध भएको थियो।
सम्बन्धित
प्रतिक्रिया