तेस्रो ओडिआई खेल्दै नेपाल, डेब्यूमा सागरले पाए १५ नम्बर क्याप

विदुर खबर २०७५ भदौ १४ गते १:५३

Advertisement

काठमाडौं भाद्र १४ , नेपाली अलराउण्डर सागर पुनले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई)मा डेब्यू गरेका छन्। एसीसी एसिया कप छनोटको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्दा उनको डेब्यू भएको हो।

जिम्बाबेमा भएको विश्वकप छनोटमा आठौं बनेपछि मार्चमा नेपालले नेपालले ऐतिहासिक रुपमा ओडिआई मान्यता पाएको थियो। त्यसयता नेपालले तेस्रो एकदिवसीय खेल खेल्न लागेको हो।यसअघि नेपालले अगष्ट सुरुवातमै दुईवटा नेदरल्याण्ड्सविरुद्ध ओडिआई श्रृखंला खेलेको थियो। त्यसबेला खराब लयमा गुज्रिरहेका सागरले टोलीमा स्थान बनाउन सकेका थिएनन्।

Advertisement

एसिया कप छनोटको पहिलो खेलमा बुधबार सागरले ओमानविरुद्ध खेल्दै डेढवर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। उक्त खेलमा ८३ रनको उत्कृष्ट पारी खेलेपछि यूएईविरुद्धको खेलमा पनि उनलाई निरन्तरता दिइएको छ। सागरले नेपाली टोलीबाट ९ वटा टी–२० अन्तराष्ट्रिय  खेल्नुका साथै लिस्ट एका २१ खेल खेलेका छन्। सागरले १५ नम्बरको क्याप पाएका छन्।

एसिया कपमा जित  हात पार्न नेपालका लागि यस खेलमा जित्नै पर्ने दबाब छ। एसिया कप छनोट खेलिरहेका ६ देशमध्ये शीर्ष स्थानमा रहने एक देशमात्रै एसिया कपमा छनोट हुनेछ। छनोट भएको टोली समूह ए मा पर्दै भारत र पाकिस्तानसँग खेल्न पाउँनेछ। पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएुसँगै जित्नै पर्ने दबाब आइपरेको हो। यस खेलमा पराजित भएमा नेपालको शीर्ष स्थानमा पर्ने सम्भावना लगभग सकिनेछ।

Advertisement

युएईले पहिलो खेलमा बुधबार नै सिंगापुरलाई २१५ रनको फराकिलो रनले पराजित गरेपछि नेपालमाथि दबाब झनै बढेको हो। अंकसँगै रनरेटका आधारमा पनि यूएई नेपालभन्दा माथि छ। ५० ओभरका खेलमा नेपाल र यूएई अहिलेसम्म १४ खेलमा आमने सामने भएका छन्। जसमा यूएई हावी देखिन्छ। यूएईले १० खेल जित्दा नेपालले तीन खेलमात्रै जित्न सकेको छ भने एक खेलमा बराबरीको नतिजा आएको छ। अन्तिम पटक यी दुई टोली २०१८ मा भएको डिभिजन टू मा भिडेका थिए। जस लिग चरणमा भएको खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको थियो भने फाइनलमा पुनः यी दुई टोली नै भिड्दा यूएई ७ रनले विजयी भएको थियो।

 

प्रतिक्रिया