जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई

विदुर खबर २०७९ साउन १७ गते २०:२२

नुवाकोट । जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षको जिम्मा सन्तोष राईलाई दिइएको छ ।

Advertisement

मंगलवार बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकाल ढकालले जिल्ला खेलकुद समिति नुवाकोटको जिम्मा राईलाई लगाएका हुन् ।

पुर्व फुटवलर तथा गड्खार युवा जनजागरण युवा क्लब लिखु ४ का व्यवस्थापक रहेका उनीसँग खेल क्षेत्रको राम्रो अनुभव रहेको छ । उनी हाल गड्खार युवा जनजागरण युवा क्लब प्रशिक्षक समेत रहेका छन् ।

Advertisement

यसअघि जिल्ला खेलकुद विकास समिति नुवाकोटको अध्यक्ष रहेका वुद्धिमान तामाङ विदेशिएपछि राईलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पुर्व जिल्ला खेलकुद विकास समितिका सदस्य समेत रहेका राईसँगै दुई जना सदस्य समेत मनोनयन गरिएको छ ।

Advertisement

यस्तै खेलकुद विकास समितिको सदस्यमा विदुर नगरपालिका वडा नम्बर १० का सरोज तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का सुमित्रा गरुङ नियुक्त गरिएको छ ।

उनीहरुले वाग्मती प्रदेश खेलकुद परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीको उपस्थितिमा नियुक्ति दिइएको हो ।

प्रतिक्रिया