त्रिशुली माविको नवनिर्मित भवनको उद्घाटन

विदुर खबर २०७९ साउन १७ गते १९:०१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।

Advertisement

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरी र भारतीय दुतावास काठमाण्डौका द्धितिय सचिव प्रशान्त कुमार सोनाले विद्यालयको भवनको उद्घाटन गरेका हुन् ।

भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको विद्यालयको भवनमा पढाई शुरु भएपनि औपचारिक रुपमा भवनको उद्घाटन हुन सकेको थिए ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका उप–प्रमुख दलबहादुर तामाङ, विदुर नगरपालिकाका उप–मेयर प्रभा वोगटी, विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया