पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
नुवाकोट । रातभर परेको लगातारको बर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका ५ स्थित २ नंं. पुल, ३ नं. पुल, भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो । राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ ।
पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन दिनभर समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।
यस्तै पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिरोमा मोटरसाईकल १ वटा र म्याजिक गाडी १ वटा परेको छ भने घरहरुमा समेत क्षति पुगेको छ।
यद्यपी मानवीय क्षति भने नभएको उनले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया