आज पाँच प्रदेशमा वर्षाको सम्भावना

विदुर खबर २०७९ साउन १७ गते ७:५२

नुवाकोट । हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केहि जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

मंगलबार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

मौसम विभागले बुधबारदेखि मौसम सुधार हुने पूर्वानुमान गरेको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीको भनाइ छ।

प्रतिक्रिया