पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्द

विदुर खबर २०७९ साउन १६ गते ११:०५

नुवाकोट । पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

Advertisement

भारी वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक ठप्प भएको हो । सडकमा पहिरो खसेपछि दिक्तेलबाट काठ्माडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टा जाने सवारी साधन बाटैमा रोकिएका छन् ।

सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको छ ।

Advertisement

वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

वर्षापछिको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक बन्द भएका छन ।

Advertisement

प्रतिक्रिया