पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्द
नुवाकोट । पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
भारी वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक ठप्प भएको हो । सडकमा पहिरो खसेपछि दिक्तेलबाट काठ्माडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टा जाने सवारी साधन बाटैमा रोकिएका छन् ।
सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको छ ।
वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
वर्षापछिको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक बन्द भएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया