खोटाङमा भूकम्पले ४७ घरमा क्षति पुग्यो

विदुर खबर २०७९ साउन १६ गते ८:५०

नुवाकोट । आईतवार विहान खोटाङ साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पले खोटाङमा एक घर भत्किएको छ भने ४६ घरमा क्षति पुगेको छ ।

Advertisement

मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ ।

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । ‘भूकम्पको केन्द्र मात्तिमविर्तामा मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण संकलन भएको छ । उनले भने, ‘अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ। अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन हुन सकेको छैन ।

Advertisement

सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ ।

सो नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको तथा वडा नम्बर ९ सल्लेका धुव्र पौडेलको पुरानो घरमा सामान्य क्षति भएको वडा ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

Advertisement

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।् ।

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए ।

प्रतिक्रिया