खोटाङमा भुकम्पको धक्का, नुवाकोट नि हल्ल्यिो

विदुर खबर २०७९ साउन १५ गते १०:२५

नुवाकोट । खोटाङमा भुकम्पको धक्का महशुष भएको छ ।

Advertisement

आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका–५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार दोश्रो पटक ८ बजेर २४ मिनेट जाँदा पनि भुकम्प गएको छ । भुकम्पको धक्कापछि जिल्लाबासी घर बाहिर निस्किएका थिए ।

Advertisement

क्षतिको बिबरण भने हालसम्म कतैबाट पनि नआएको प्रजिअ सेढाईले जनाउनुभयो । भुकम्प लगत्तै आईलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाई छ ।

विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भईरहेको जनाईएको छ ।

Advertisement

प्रतिक्रिया