खोटाङमा भुकम्पको धक्का, नुवाकोट नि हल्ल्यिो
विदुर खबर
२०७९ साउन १५ गते १०:२५
नुवाकोट । खोटाङमा भुकम्पको धक्का महशुष भएको छ ।
आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका–५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार दोश्रो पटक ८ बजेर २४ मिनेट जाँदा पनि भुकम्प गएको छ । भुकम्पको धक्कापछि जिल्लाबासी घर बाहिर निस्किएका थिए ।
क्षतिको बिबरण भने हालसम्म कतैबाट पनि नआएको प्रजिअ सेढाईले जनाउनुभयो । भुकम्प लगत्तै आईलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाई छ ।
विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भईरहेको जनाईएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया