गुल्मीको छल्दी खोलामा एक पुरुषको शव फेला

विदुर खबर २०७९ साउन १४ गते २१:०८

नुवाकोट । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।

Advertisement

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर–६ वस्ने ३८ वर्षको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

घटना स्थल सुरक्षीत राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोलि खटिएको छ ।

Advertisement

त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लीएर बडिगार्ड खोलामाखसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायव निरीक्षक हरीबहादुर ओलीको कमाण्डमा टोलि खटिएको छ ।

प्रतिक्रिया