गुल्मीको छल्दी खोलामा एक पुरुषको शव फेला
नुवाकोट । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर–६ वस्ने ३८ वर्षको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
घटना स्थल सुरक्षीत राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोलि खटिएको छ ।
त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लीएर बडिगार्ड खोलामाखसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायव निरीक्षक हरीबहादुर ओलीको कमाण्डमा टोलि खटिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया