छुरा प्रहार गरि लुटपाट

विदुर खबर २०७९ साउन १४ गते २१:०४

नुवाकोट । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी व्यापारीमाथि लुटपाट गरिएको छ ।

Advertisement

उक्त व्यापारीको पाँच लाख लुटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख लुटेको हो ।

आफ्नै मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो ।

Advertisement

अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो ।

छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया