महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांस प्रस्ताव

विदुर खबर २०७५ भदौ १२ गते ७:५०

८ प्रतिशत बाेनस र ७ प्रतिशत नगद लाभांस

काठमाडौं- महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो।

राष्ट्र बैंकबाट स्वीकृत गरी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले पाउने छन्।

यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक मर्ज भएर बनेको महलक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ। आठ प्रतिशत बोनस पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ।

गत आर्थिक बर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ। हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांस प्रस्ताव गरिएको हो।

Advertisement

 

प्रतिक्रिया