पिपलटारमा रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५पिपलटारमा रत्तदान कार्यक्रम संम्पन्न भएको छ ।
पिपलटार फुटवल क्लब र फुटसलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक सहयोग र ब्लड रिक्वेष्ट नुवाकोटको समन्वयमा रत्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा २६ जनाले रत्तदान गरेको पिपलटार फुटवल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । उनले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै यस्ता रचनात्मक कार्यहरू क्लबले निरन्तर गरिरहने बताए ।
विभिन्न काराणवस हाल देखिएको रगतको आवश्यकतालाई केही हदसम्म सहजता ल्याउने उद्देश्यले रत्तदान कार्यक्रम गरिएको पनेरुले जानकारी दिए ।
रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न यस्ता रत्तदान कार्यक्रमले ठूलो टेवा पुग्ने ब्लड रिक्वेष्ट नुवाकोटका संयोजक मछिन्द्र नरसिंह प्याकुरेलले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया