मुडवरीलाई चारदिनभित्र स्पष्टीकरण पेश गर्न अनुशासन समितिको निर्देशन

विदुर खबर २०७९ साउन १३ गते १०:२४

नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यपालिकाका सभापति लेखनाथ मुडवरीलाई स्पष्टीकरण पेश गर्न जिल्ला अनुशासन समितिले निर्देशन दिएको छ ।

Advertisement

शुक्रवार वसेको अनुमगन समितिको बैठकले चारदिनभित्र स्पष्टीकरण पेश गर्न नगरसभापति मुडवरीलाई निर्देशन दिएको छ ।

अनुशासन कमिटिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ धारा ३४ उपधारा क को (क) वमोजिम पार्टीका आर्दश, सिदान्त र निति विपरित हुने गरि अनुशासन उल्लंघन भएकोले आफुुमाथि लागेको आरोप खण्डन गर्न भनिएको छ ।

Advertisement

बुधवार नगरसभापति मुडवरीले सामाजिक संजाल फेसबुकमार्फत निर्वाचनमा केन्द्र र जिल्लाका नाम चलेका नेताले करोडौँमा टिकट किनबेच गरेको आरोप लगाएका थिए ।

नगर सभापति मुडवरीले स्थानीय तहको निर्वाचनमा करोडौँमा किनबेच भएको तथा छोटे राजाहरुको माला, खादा र मोटर कार्यक्रममा कार्यालयमा नगरी होटलमा गरेर करोडौको बिल उठाएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।

Advertisement

प्रतिक्रिया