नुवाकोटमा कांग्रेस पहिलो, एमाले दोस्रो बन्दा समाजवादी पाँचौ दल बन्यो

विदुर खबर २०७९ साउन १३ गते ९:११

नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा नुवाकोटमा नेपाली कांग्रेस पहिलो पार्टीको रुपमा स्थापित भएको छ ।

Advertisement

निर्वाचन कार्यालयले तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा सर्वाधिक मतसहित नेपाली कांग्रेस पहिलो दल बनेको बताएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसले २८ हजार ९ सय ६२ मत ल्याएर पहिलो दल बन्दा माओवादीले २३ हजार २ सय मत प्राप्त गरि माओवादी दोस्रो दल बनेको छ ।

Advertisement

यस्तै एमालेले १८ हजार २ सय ६७ मत ल्याएर तेस्रो बन्दा राप्रपाले ४ हजार ७८ मत प्राप्त गरेर चौथो बनेको छ । जनता समाजवादी पार्टीले २ हजार २ सय ४५ मत प्राप्त गरेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेस नै पहिलो पार्टी बनेको छ । उसले २९ हजार ८ सय ६१ मत प्राप्त गरेको छ । एमालेले २६ हजार ३ सय ७७ मत प्राप्त गरेर दोस्रो बन्दा माओवादी केन्द्रले १६ हजार ६७ मत प्राप्त गरेर तेस्रो पार्टी बनेको छ ।

Advertisement

यस्तै २ हजार २ सय २१ मत प्राप्त गरेर राप्रपा चौथो बन्दा समाजवादीले ९ सय ६१ मत प्राप्त गरेको छ ।

समग्रमा नुवाकोटमा नेपाली कांग्रेसले ५८ हजार ८ सय २३ मत प्राप्त गरेर पहिलो पार्टी बन्दा ४४ हजार ६ सय ४४ मत प्राप्त गरि एमाले दोस्रो दल बनेको छ ।

यस्तै माओवादी केन्द्रले ३९ हजार २ सय ६७ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ । राप्रपाले ६ हजार २ सय ८९ मत प्राप्त गरि राप्रपा चौथो स्थानमा रहेको छ ।

पाँचौ स्थानमा रहेको एकीकृत समाजवादीले ३ हजार २ सय ६ मत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया