विदुर खानेपानीको विल ‘संगम स्मार्ट एप’बाट तिर्न सकिने
नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्थाको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तानी गर्न सकिने भएको छ ।
अबदेखि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मासिक खानेपानीको बिल ‘संगम स्मार्ट एप’मार्फत् तिर्न सकिने जनाएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सहकारीले क्यासलेस् कारोबार अवधारणाअनुसार मोबाईल एपमार्फत् सहकारीका सदस्यहरुले विदुर खानेपानीको बिल तिर्न सकिने सेवा सुरु गरिएको बताए ।
आफ्ना सदस्यहरुको सहजताका लागि घरमै बसीबसी मोबाइलबाटै उक्त सेवाको भुक्तानी गर्न सकिने बताए । उपभोक्ता संस्था र सहकारी बीचको सम्बन्ध विस्तारको लागि सहकारी सक्षम हुने भनाइ राखे ।
कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जिव श्रेष्ठले समयसापेक्ष प्रविधिको प्रयोग गरी उपभोक्तालाई सेवा दिने क्रममा अनलाईन भुक्तानी सेवाबाट संस्थाको आम्दानी बढाउने कार्यमा संस्था लागेको बताए ।
सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले सहकारीको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तान गरी एपको प्रक्रियागत प्रदर्शन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा खानेपानीका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले ग्राहक पहिचान नम्बरको लागि आफ्नो मिटर रिडीङमा ग्राहक नम्बरको विवरणअनुसार बिल भुक्तानी गर्न सकिने बताए ।
साथै अग्रिम बिल भुक्तानी गर्नेले साउन महिनादेखि ३ प्रतिशतसम्म छुट पाउने जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस





प्रतिक्रिया