नुवाकोटका कांग्रेस नेता पाण्डेलाई छुटाउन दवाब

विदुर खबर २०७९ साउन १२ गते १३:१४

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका नेता (नुवाकोट क्षेत्र नम्बर २ प्रदेश ‘क’को प्रवक्ता) मधुसुदन पाण्डेलाई बलात्कार मुद्दामा उन्मुक्ति दिलाउन कांग्रेस नुवाकोटका नेताहरूको एउटा टोली पोखरमा खटिएको छ ।

Advertisement

समूहिक बलात्कारमा सहभागी भएका पाण्डे असार २५ गते काठमाडाैँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका थिए । पाण्डे सोही क्लबका सञ्चालक पनि हुन ।

पाण्डे पक्राउ परे लगत्तै कांग्रेसका केही नेताहरू उनकै पछि लागेर पोखरा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीतिर देखिने नुवाकोट कांग्रेसका नेताहरू खासै हँसिलो मुहारमा भने देखिएका छैनन् ।

Advertisement

नुवाकोट कांग्रेसको एउटा समूहको खर्चपर्चको एउटा मुख्य स्रोत रहेका पाण्डे अब करिब एक दशकका लागि जेल जानेभएपछि उनीहरू निराश हुनु स्वभाविकै पनि हो । तर उनीहरूले प्रधानमन्त्रीको सचिवालयदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसम्मको प्रयोग गरे जिल्ला प्रहरी कार्यालय कास्कीलाई मुद्दा कमजोर बनाइदिन अनुनयविनय गरिरहेका छन ।

पोखरामै बसेर नेपाली कांग्रेस नुवाकोटको एउटा टोलीले मुद्दा कमजोर बनाउने विषयमा गृहकार्य चलाइरहेको छ । उक्त टोली दिउँसो केहीबेर फेवाताल किनारामा डुल्ने र बाँकी समय जिल्ला प्रहरी कार्यालय कास्कीको वरपर घुमेर केन्द्रको रिपोर्टङ गर्ने र जिल्ला प्रहरीको गतिबिधि केन्द्रीय नेतृत्वलाई रिपोर्टिङ गर्ने काममा व्यस्त रहेको छ ।

Advertisement

महानगरीय प्रहरी वृत कमलपोखरी (मालीगाउँ)ले पक्राउ गरेको भए पनि पाण्डे यतिखेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन । काठमाडाैँको कमलपोखरी (मालीगाउँ) बृतमा परेको बलात्कार सम्बन्धित जाहेरीका आधारमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको बृत्तका प्रमुख मीनबहादुर कुँवरले दैनिकीलाई जानकारी दिए । घटना कास्कीमा भएकाले उजुरी मालीगाउँमा परेको भए पनि अभियुक्त र उजुरी दुबै पठाइएको उनले बताए ।

प्रहरीले घटनामा संलग्न भएका अन्य अन्यलाई फरार सूचीमा राखेर खोजी गरिरहेको छ । पाण्डे र राजु राउतसहितको समूहले टिकटमा चिनजान भएकी एक युवतीलाई चितवन बोलाए त्यहाँबाट पोखरा लगेर असार २२ गते राति पोखराको लेकसाइड होटल सहारामा युवतीमाथि बलात्कार गरेका थिए ।

युवतीले काठमाडौँ फर्किएपछि मालीगाउँ प्रहरीमा असार २४ गते उजुरी दिएपछि पाण्डे २५ गते नै पक्राउ परेका थिए । भने राउत अहिलेसम्म फरार रहेका छन ।

नुवाकोट जिल्लाका बेलकोटगढी १३ स्थायी घर भएका पाण्डे हस्तकला र पर्यटन क्षेत्रमा नाम चलेका व्यापारी हुन । उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अघिको प्रदेश अधिवेशनबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया