सुर्यगढी कांग्रेसमा विवाद : दुबै पक्ष एक्सनमा

विदुर खबर २०७९ साउन १२ गते १२:०३

नुवाकोट । नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाको विवादले उग्र रुप लिएको छ ।

Advertisement

जिल्ला तहमा देखिएको गुटगट राजनिति पालिका हुँदै वडा तहमा पुगेपछि दुबै समुह एकले अर्काेलाई अवैधानिक भन्दै कारवाही गर्न दौडिएका छन् ।

जिल्लामा स्पष्ट रुपमा महत र केसी समुहमा विभत्त रहेका कांग्रेसका नेता तथा कार्यकर्ताहरु गाउँपालिका र वडा तहमा समेत छुट्टिएपछि एकले अर्काेको अस्तित्व स्वीकार नगर्ने देखिएका छन् ।

Advertisement

सोमवार उप–सभापति कालु तामाङको नेतृत्वमा वसेको बैठकले गाउँपालिकाका सभापति शंकर प्याकुरेलसहित एक दर्जन नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिस गरेकै भोलिपल्ट गाउँपालिकाका सभापति शंकर प्याकुरेल नेतृत्वको समुहले प्रदेश सभापति रामजी पौडेलसहित ३ जनालाई कारवाही गर्ने निर्णय गरेको छ ।

दुई समुहमा विभाजित सुर्यगढी कांग्रेसकालाई कुन नेता वा समुहले नेतृत्व गरेको छ भनेर हेर्न कुनै मेहनत गर्नुपर्दैन । यसले गर्दा सुर्यगढी गाउँपालिकामा नेपाली कांग्रेस छिन्नभिन्न भएको छ । यसको असर आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पर्ने निश्चित छ ।

Advertisement

जिल्लामा महत र केसी समुहको गुट रहेको अवस्थामा सुर्यगढीमा पनि त्यसको असर छिन्नभिन्न रुपमा प्रकट भइसकेको छ । भाइ फुटे गवार लुटे भन्ने उखान कांग्रेसका लागि नयाँ होइन । पटकपटक कांग्रेसले यो उखानलाई पुष्टि गरिसकेको अवस्थामा एकले अर्काेलाई कारवाही गरेर आफु वैधानिक रहेको प्रष्छट पार्न खाजेका छन् ।

सोमवार कालु तामाङको नेतृत्वमा वसेको बैठकले एक दर्जन नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको छ भने गाउँपालिकाका सभापति शंकर प्याकुरेलसहित शिर्ष पालिकाका नेताहरुलाई कारवाही स्वरुप पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको छ ।

यस्तै पालिकाका सभापति प्याकुरेल नेतृत्वको समुहले पार्टीको क्षेत्र नम्बर १ प्रदेश ख का सभापति रामजी पौडेललाई विभिन्न आरोप लगाइ बर्खास्त गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँपालिकाका अध्यक्ष सन्त वहादुर घलेलाई गत २०७४ सालमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेद्धवारलाई असहयोग गरेको आरोपमा पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको छ ।

एक पार्टीका दुई समुहको फरक फरक निर्णयले पार्टीमा गम्भीर संकट आएको भन्दै केहीले भने चिन्ता व्यक्त गरेका छन् । व्यक्तिगत टकरावका कारण पार्टी ध्वस्त हुने भन्दै जिल्लाले पार्टीको विवाद समाधानको लागि पहल गर्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया