एसईईको नतिजा सार्वजनिक
नुवाकोट । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १० को माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा निकालेको हो ।
बुधबार बसेको बोर्डको बैठकद्वारा सार्वजनिक गरेको नतिजामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । नतिजा अनुसार ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् ।
एसईई परिक्षा दिएकामध्ये ४१ हजार ६२७ जना विद्यार्थीहरुले ३.२० देखि ३.६०, ६९ हजार ९०० विद्यालर्थीहरुले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जना विद्यार्थीहरुले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
यसैगरी, २ देखि २.४ जीपीए ल्याउने एक लाख १२ हजार ७३३ जना छन् । १.६ देखि २ जीपीए ल्याउने एक लाख ५९४ जना छन् भने १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । २०७८ को एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
एसईईको नतिजा हेर्नकालागि राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइट क्लिक तथा आईभीआर र एसमएमएस गर्न सकिनेछ। यस्तै खल्तीले पनि नतिजा हेर्ने व्यवस्था गरेकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया