सिन्धुपाल्चोकमा भूकम्पको धक्का

विदुर खबर २०७९ साउन ९ गते ९:२१

नुवाकोट । सिन्धुपाल्चोकमा सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ।

Advertisement

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सोमबार बिहान ६: ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो।

प्रतिक्रिया