विदुर नगरपालिकामा करारमै कर्मचारी भर्नाको तयारी

विदुर खबर २०७९ साउन ८ गते २१:०८

नुवाकोट । विदुर नगरपालिकाले करारका कर्मचारीको समय नथप्ने निर्णय गरेसंगै कर्मचारी अभाव भएको छ ।

Advertisement

साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नहुन परिपत्र गरेसंगै कर्मचारी हाजिर भएका छैनन । कर्मचारीको अभावमा नगरपालिकाको दैनिक सेवा प्रभावित भइरहेको छ ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट पाँच निर्वाचित प्रमुख, उपप्रमुखहरुले पुर्ववर्ती जनप्रतिनिधिले करारमा राखेका कर्मचारी र जिल्ला समन्वय समितिबाट आएका कर्मचारीलाई हटाएर पुनः करारमा कर्मचारी नियुक्ति गर्ने मनसायले कर्मचारीको अबधि नथपेपछि सेवा प्रभावित भएको हो ।

Advertisement

विदुर नगरपालिकाले एक सय ४३ जनाभन्दा बढी करारका कर्मचारी हटाएको कारण नगरपालिकाको सेवा प्रभावित भएको छ । नगरपालिकाले करारको कर्मचारी हटाउने निर्णय गरेपनि बोर्डमा निर्णय गराउन सकेको छैन ।

विदुर नगरपालिकाले बडा कार्यालय, सामाजिक सुरक्षा तथा पन्जीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार, स्वास्थ्य संस्था एवम सामी परियोजनामा कार्यरत कर्मचारीमध्ये हाललाई वडा कायालयमा करारमा कार्यरत बडासचिव, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा तथा (पम्जीकरणमा कार्यरत करार कर्मचारी, सवारीचालकमा हलुका तथा हेभीमा कार्यरत कर्मचारीबाहेक अन्य करार कर्मचारीलाई अर्को सूचना नभएसम्म हाजिर नगराउने सूचना जारी गरेको छ ।

Advertisement

साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगराउँदा बिदुर नगरपालिकाको कृषि, भेटेरेनरी उद्योग, विपत्त र बिनपा ५ देवीघाट र बिनपा ७ तुप्चेको कृषि र भेटेरेनरी सेवा केन्द्र बन्द भएका छन ।

नगरपालिकामा रहेका स्थायी २५÷२६ जना कर्मचारीलाई दैनिक काय सन्चालन गर्न भ्याई नभ्याई र सकस भइरहेको छ । बिदरले नगर प्रहरी १७, सवारीचालक १२, सामाजिक परिचालक १२, लघुउद्यम सहजकर्ता दुई, सामी परियोजना नौ, कार्यालय सहयोगी २५, स्वास्थ्य क्षेत्रका ३२ जनाको करार अवधि नथप्ने सूचना जारी गरेको छ ।

नगरपालिकाको निर्णयबाट असन्तुष्ट बनेको कर्मचारी आन्दोलनमा उत्रेका छन । विदुर नगरपालिका वडा नम्बर १,२,४,६ र ११ का वडाध्यक्ष र कार्यपालिकाका बहुमत सदस्यले विज्ञप्ति प्रकाशित गरेर प्रमुख प्रशासकीय अधिकृतलाई करार म्याद थप गर्ने र उक्त प्रस्ताव कायंपालिका बोर्डमा ल्याउन हस्ताक्षरसहित दबाब दिएका छन ।

कर्मचारी हटाएको विरोधमा नेपाल निजामती कर्मचारी सङ्गठनले विज्ञप्ति प्रकाशित गरि अबिलम्ब पेसागत मर्यादा कायम राखी सेवा प्रवाहमा निरन्तरता दिन सम्बन्धित स्थानीय सरकारसंग जोडदार माग गरेको छ ।

बिदर नगरपालिकाका निवर्तमान मेयर सन्जु पण्डितले समेत सोमबार पत्रकार सम्मेलन गरेर राजनीतिक प्रतिशोध राखी कर्मचारी हटाउने काय न्यायसम्मत नभएको बताएका छन । सम्पूर्ण प्रक्रिया पूरा गरी करारमा कर्मचारी व्यवस्थापन गरिएकाले हटाउन नहुने उनले बताए ।

उटालाई हटाएर अको फेरि करारमा राख्नु कत्तिको न्यायोचित हुन्छ भनेर उनले प्रश्न गरेका छन्। नेपाल सरकार सङ्घीय मामिला मन्त्रालय र विदुर नगरपालिकाको संयुक्त प्रयासमा विदुर नगरपालिका कर्मचारी व्यवस्थापनसम्बन्धी सगठन तथा व्यवस्थापन स्वीकृत गरी करारमा कर्मचारी राखिएकाले कर्मचारी हटाउँदा नगरपालिका र राज्यको ठूलो ग्रोत सर्प गरेर दक्षता हासिल गराइएको स्मरण गराए ।

कर्मचारी बढी भए प्रक्रिया पूरा गरेर हटाउँदा कसैले विरोध गर्दैन तर कार्यरत दक्ष कर्मचारी हटाएर नयाँ अर्धदक्षलाई भनां गदा नगरको सोत, साधन कति खर्च हुन्छ भन्ने हो पण्डितले भने ।

प्रतिक्रिया