घ्यापेमा खोलामा पहिँरो जाँदा छहरे-टोखा सडक अवरुद्ध

विदुर खबर २०७९ साउन ५ गते ११:५१

नुवाकोट । लगातारको वर्षाको कारण नुवाकोटको प्रमुख मागृको रुपमा रहेको छहरे–टोखा सडकखण्ड अवरुद्ध भएको छ ।्

Advertisement

छहरे–टोखा सडकखण्ड अन्तर्गत घ्याम्पे खोला नजिक रहेको ठूलो पहरामा गएको पहिरोसंगैको बालुवायुक्त लेदोले सडकखण्ड ठप्प भएको छ ।

सडक अवरुद्ध भएसँगै छहरे–टोखा भएर गुड्ने सवारी साधनहरु मर्कामा परेका छन् । स्थानिय र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरेपनि सडक स्चारु भएको छैन ।

Advertisement

सडकको अवरुद्ध हटाउन सडक डिभिजनको एक्साभेटर मगाएको भएपनि एक्साभेट नआएको स्थानियले गुनासो गरेका छन् ।

प्रतिक्रिया