लामटाङ राष्ट्रिय निकुन्जद्वारा २७ लाख राजश्व संकलन

विदुर खबर २०७९ साउन ३ गते ८:१०

नुवाकोट । लामटाङ राष्ट्रिय निकुञ्जमा गत साउन एक गतेदेखि यस वर्षकाे असार मसान्तसम्म १८ हजार ६ सय ५१ जना आन्तरिक तथा बाह्य पर्यटकहरूकाे आगमन हुँदा २७ लाख ३६ हजार तीन सय राजश्व सय संकलन भएकाे छ ।

Advertisement

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमाेद भट्टराईले काेभिड पछि अहिले पर्यटक आगमन बढेसंगै राजश्व पनि वढेकाे बताउनु भयाे । एक वर्षकाे अन्तरालमा नेपाली १५ हजार ६ सय ३९ जना, सार्क मुलुकका दुई सय २४ ,अन्य मुलुकबाट दुई हजार सात सय ८८ रहेका छन् ।नेपालीलाई प्रति व्यक्ति एक सय, सार्क मुलुकका प्रतिव्यक्ति १५ सय,अन्य देशका लाई तीन हजार निकुञ्ज भ्रमण गरेवापत शुल्क लिने गरिएकाे छ ।

नेपालकाे राजधानी काठमाडौबाट नजिककाे हिमालि राष्ट्रिय निकुञ्ज भएका कारण र तिर्थस्थल गाेसाइकुण्ड,पर्यटकीय स्थल लाङटाङ,तामाङ सम्पदा मार्ग यही पर्ने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटककाे अेाईराे लाग्ने गरेकाे हाे। एक हजार मिटर देखि सात हजार दुई सय ४५ मिटर सम्म फैलिएकाे याे निकुञ्ज जैविक विविधता काे भण्डार मानिन्छ । वन क्षेत्र,घाँसे मैदान,झाडि वुट्यान तथा सिमसार क्षेत्र यस निकुञ्ज काे प्रमुख विशेषता हाे ।

Advertisement

२०३२ सालमा स्थापना भएकाे याे निकुञ्ज ५७ प्रतिशत रसुवा,सात प्रतिशत नुवाकाेट,३६ प्रतिशत सिन्धुपाल्चोक गरि ३ जिल्लाकाे ३४ वटा गाविस हरूमा एक हजार सात सय १० वर्ग किमिमा फैलिएकाे छ ।लाङटाङ उपत्यका,गाेसाईकुण्ड,दाेर्जे लाक्पा पास,मेलम्ची ध्याङ,हेलम्वु,पाँचपाेखरि,तार्केघ्याङ,ह्याेल्माे आमा याङग्रि,शेर्माथाङ,घ्याङफेदि,क्याङजिङ उपत्यका आदि यस निकुञ्ज का प्रमुख आकर्षण स्थलहरु हुन् ।

समुन्द्री सतहबाट चार हजार तीन सय ८० मिटरकाे उचाइ मा अवस्थित गाेसाईकुण्ड तथा ताल श्रृङखलाहरू समेटेर सेप्टेम्बर सन २००७ मा अन्तराष्ट्रिय महत्त्व काे रामसारमा सुचिकृत भएकाे छ। यहाँ रहेका धार्मिक,सांस्कृतिक,सामाजिक पहिचानहरूले यस निकुञ्जकाे गरिमालाई थप उचाइ प्रदान गरेकाे छ ।

Advertisement

निकुञ्ज संरक्षणमा विविध चुनाैतिहरू रहेता पनि जैविक विविधता काे संरक्षण ,संबर्द्वन तथा व्यवस्थापनमा उच्च मनाेवलका साथ निकुञ्ज कार्यालय क्रियाशील रहेकाे प्रमुख संरक्षण अधिकृत भट्टराईले ले जानकारी दिनुभयो ।

प्रतिक्रिया