नुवाकोटमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट । नुवाकोटमा आइतबार छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पिकअप दुर्घटना र मोटरसाइकल दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ महालक्ष्मीथानमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ३२ वर्षीया बसन्ती बलामीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।
गाडीका चालक फरार रहेकोले उनको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा एसपी रामप्रकास शाहले बताए । घाइते हुनेमा ककनी गाउँपालिका १ का स्थानीय विष्णु बलामी, रमेश बलामी, नानु बलामी, मानबहादुर बलामी र सरस्वती बलामी छन् ।
उक्त वडाको भित्री सडकमा पर्ने महालक्ष्मीथानबाट तरकारी लोड गरी काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३७२८ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त भ्यान अचानक सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी लिखु गाउँपालिका ६ छहरेमा ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बिजुलीको पोलमा ठोक्किएर सोही वडाका २९ वर्षीय करण केसीको मृत्यु भएको छ ।
सोही बाइकको पछाडि सवार २७ वर्षीय अनिश श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल काठमाडौंबाट छहरे आउँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया