नुवाकोटमा राहदानीबाट साढे दुई करोड राजस्व संकलन
विदुर खबर
२०७९ असार ३१ गते १९:२४

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत साउनदेखि जेठसम्म साढे दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले एघार महिनाको अवधीमा राहदानीबाट २ करोड ७५ लाख ८ हजार राजस्व संकलन गरेको बताए ।
११ महिनाको अवधीमा उनले जिल्लाबाट ४ हजार ६ सय ४० ओटा राहदानीको लागि फारम संकलन गरेकोमा ३ हजार एकसय १७ ओटा राहदानी वितरण गरेको बताए ।
यस्तै गत ११ महिनाको अवधीमा जिल्लामा १३ हजार ८ सय ४३ ओटा रााष्ट्रिय परिचय पत्रको लागि फर्म भरेको प्रमुख जिल्ला अधिकारी रिसालले बताए ।
पछिल्लो एक महिना देखि नुवाकोटमा रााष्ट्रिय परिचय पत्र बनाउनेहरुको भिड लाग्ने गरेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया