पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, दुई जना घाइते
विदुर खबर
२०७९ असार २९ गते ७:४३

नुवाकोट । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।
खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
सम्बन्धित
प्रतिक्रिया