जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार
विदुर खबर
२०७९ असार २४ गते १०:४८

नुवाकोट ।जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ ।
शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया