चीनमा बाढीबाट करिब ३८ हजारभन्दा बढी प्रभावित
एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरुले शनिबार जनाएका छन् ।

ग्वाङ्सीले यस वर्षको बर्षा ऋतुमा छ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो ।
यस क्षेत्रको बाढी नियन्त्रण तथा राहत कार्यक्रममा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, बाढी पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घरहरू डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको छ ।
प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर) भन्दा बढी भइसकेको छ । यस क्षेत्रको बाढी नियन्त्रण राहतको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस बर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया