नुवाकोटमा ई–टिडिएस सम्बन्धी तालिम सम्पन्न

नुवाकोट । नुवाकोटमा ई–टिडिएस (बिद्युतिय अग्रिम करकट्टी)सम्बन्धी तालिम सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय गल्छीको आयोजना र बिदुर कर परामर्श सेवा बिदुरको समन्वयमा ई–टिडिएस (बिद्युतिय अग्रिम करकट्टी) तालिम संचालन भएको हा । तालिममा ई–टिडिएस, ईटिडिएस कसरी गर्ने भन्ने वारेमा प्रयोगात्मक कक्षा संचालन गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई करदाता सेवा कार्यालयका निमित्त कर अधिकृत प्रेम कुमार श्रेष्ठ र बिदुर कर परामर्शका प्रबन्ध निर्देशक दिनेश कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
तालिममा प्रशिक्षण दिँदै करदाता सेवा कार्यालयका निमित्त कर अधिकृत प्रेम कुमार श्रेष्ठ भुक्तानी दिने फर्म,संघ, संस्था, बिद्यालय, सहकारी, सरकारी निकायहरु लगायत सबैले ईटिडिएस अनिवार्य गर्नु पर्ने बताए ।

यस्तै कुनै पनि ब्यक्ति÷फर्म÷निकायले आफ्नो आय बिबरण पेश गर्दा पहिलेको जस्तो सम्बन्धित निकायले दिएको लेटर र भौचरको आधारमा दावी गर्न नमिल्ने ब्यवस्था भएकोले ई–टिडिएस तालिम दिईएको बिदुर कर परामर्शका प्रबन्ध निर्देशक दिनेश कुमार श्रेष्ठले जानकारी दिए ।
तालिममा ६७ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया