धादिङमा किसानले लुटे दुई ट्रक रासायनिक मल

विदुर खबर २०७९ असार ४ गते १७:४१

नुवाकोट । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् ।

Advertisement

भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जना किसानले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिएका हुन् ।

व्यापारीहरुले केही समयदेखि भन्सार छलीेर धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको आरोप पनि लागेको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताएका छन् ।

Advertisement

अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानले मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर गर्न लाठी प्रहार चार्ज गरेको छ ।

प्रतिक्रिया