बालिका बलात्कार आरोपमा ३ जना पक्राउ

विदुर खबर २०७९ जेठ ३१ गते १८:१३

नुवाकोट ।  १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

उनीहरु ती बालिकालाई डर, धम्की देखाई गत वैशाख २७ गते दिउँसो सिद्धिचरण नगरपालिका-११ मा जबर्जस्ती करणी गरेको र यसअघि पनि विभिन्न स्थान र मितिमा समेत जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

हाल फरार अर्का अभियुक्त सोही ठाउँ बस्ने ७६ वर्षीय फणिन्द्रप्रसाद दहालको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया