चोरी आरोपमा १० जना पक्राउ
नुवाकोट । विद्युतीय उपकरणसम्बन्धी होलसेल पसलमा चोरी गरी अन्यत्र लगेर सामान बेच्ने १० जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरअन्तर्गत जनसेवा वृत्तबाट खटिएको प्रहरी टोलीले दुई भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चोरीका सामान किन्ने सिंह ट्रेडर्सका सञ्चालक तेजनारायण सिंहसमेत छन् । सिंहले कसुर स्विकार्दै भोलिपल्टै प्रहरीमा आत्मसमर्पण गरेका थिए । सिंहसँगै प्रहरीले सामान चोरेर बेच्ने दुई जना कामदार सविन अर्याल र कुवेर ढकाललाई पनि पक्राउ गर्यो ।
भोटेबहालस्थित शुभलाभ इलेक्ट्रिकलका रमेश थापा र अमृत दुवाडी, साइमन इलेक्ट्रिक्सका कामदार राजु प्याकुरेल, जेपी इलेक्ट्रिक्सका कामदार प्रकाश थापा र सोही पसलका भारतीय कामदार केकी हुसेन तथा केरेन इन्टरनेसनलका कामदार सुशील खतिवडा र ओमनारायण चौधरी पक्राउ परेका हुन् । आरोपित सबैले कसुर स्वीकार गर्दै बयान दिएका छन् ।
आफ्नो स्टोरबाट चोरी भएका करिब २५ लाख बराबरका सामान बरामद भएको र आरोपितले विगत तीन वर्षदेखि सामान चोरेर अरूलाई बेच्ने गरेको बयान दिएको पीडित गुप्ताले बताए । उनले आफ्नो पसलबाट तीन वर्षमा ७५ लाखभन्दा बढीको सामान चोरी भएको दाबी गरे ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले विद्युतीय उपकरण चोरी गर्ने र चोरीको मालवस्तु किन्ने १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए । ‘लामो समयदेखि पसलकै कामदार र उनीहरूका सम्पर्कमा भएका अरू व्यक्तिले सामान चोरेर अरू पसलमा सस्तोमा बेच्ने गरेको देखिन्छ,’ एसपी मैनालीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया