वडाध्यक्ष छाडेर जिसस प्रमुखमा उम्मेदवारी
नुवाकोट । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि वडाध्यक्ष नै उम्मेदवार बनेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानको उम्मेदवारी परेको हो । उनी हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष हुन् ।
माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले मकवानपुरमा निर्वाचित माओवादीका जनप्रतिनिधि मध्ये सबैभन्दा वरिष्ठ भएकाले घलानलाई नै जिससमा पठाएको बताए । घलान बागमती प्रदेश सचिवालय सदस्य हुन् । माओवादीले मकवानपुरभरीमा २ पालिका प्रमुख, ७ उपप्रमुख र २४ जना वडाध्यक्ष जितेको छ ।
यस्तै नेकपा एमालेबाट जिसस प्रमुखमा बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेदवारी दर्ता भएको हो ।
गठबन्धनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन ।
महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिनाकुमारी थिङ लामाको उम्मेदवारी परेको छ । महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
१० वटा स्थानीय तह रहेको मकवानपुरमा एमालेले दुई अध्यक्ष र एक उपाध्यक्ष मात्र जितेको छ र समन्वय समितिमा उसको मात्र ३ मत छ । सत्तारुढ गठबन्धनको भने १७ मत छ । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष घलान जिसस प्रमुख निर्वाचित भएमा यो वडामा उप चुनाव गर्नु पर्ने हुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया