नुवाकोटमा ६ घण्टादेखि विद्युत प्रशारण लाइनमा पुरुष : ‘मासु भात दिँदा पनि तल झरेनन्’

विदुर खबर २०७९ जेठ २८ गते १६:१४

नुवाकोट । नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् ।

Advertisement

शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए । स्थानीय जयबहादुर तामाङले भने– ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थालेछन् । हामीले तल भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लिएका छैनन् । २ जना पुलिस र चार पाँचजना स्थानीय छौँ । जति अनुरोध गरेपनि झर्न मानेका छैनन् ।’

Advertisement

उनले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए ।  विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।

प्रतिक्रिया