नुवाकोटमा जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीको गठबन्धन हुने
नुवाकोट । नुवाकोटमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ ।

नुवाकोटमा जिल्ला समन्वय समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गरेका छन् ।
बुधवार नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महत र माओवादी केन्द्रका नुवाकोटका संयोजक पुष्प लामिछानेविच जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको हो ।
सहमति अनुसार माओवादी केन्द्रले जिल्ला समन्वय समितिको प्रमुखसहित ३ सदस्य पाउने छ भने नेपाली कांग्रेसले उपप्रमुख सहित ४ सदस्य पाउने भएको छ ।
जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन । नुवाकोटमा जिसस गठनको लागि कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन ।
जिल्लाका १२ वटा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको गरी २४ जना मतदाता छन । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख ÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षबाहेकका मतदाता हुँदैनन ।
निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा नुवाकोटमा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । माओवादीको ४ जना प्रमुख र ८ जना उपप्रमुख छन ।
त्यस्तै, नेपाली कांग्रेसको ७ जना प्रमुख र ४ जना उपप्रमुख छन भने नेकपा एमालेले एक स्थानिय तहमा प्रमुख जितेको छ ।
समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय हुन्छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ ।
अन्य पाँच सदस्य गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यमध्येबाट हुनेछन । उनीहरू जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।
नुवाकोटमा जिल्ला समन्वय समिति गठन गर्न बहुमत १३ जना आवश्यक हुन्छ । ठूलो दलको हैसियतले माओवादी र कांग्रेसले तालमेल गर्दा बहुमत पुग्छ । यी दुई दल मिल्दा २३ मत हुने देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया