साढे तीन करोड नगदसहित नुवाकोटका फुलबहादुर पक्राउ
विदुर खबर
२०७९ जेठ २४ गते १७:५१

नुवाकोट । स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ का ४४ वर्षिय फुलवहादुर गुरुङसहित अन्य चार जना पक्राउ परेका छन् ।

उनीसहित ४ चिनियाँ नागरिकलाई प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो ।
प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया