साढे तीन करोड नगदसहित नुवाकोटका फुलबहादुर पक्राउ
विदुर खबर
२०७९ जेठ २४ गते १७:५१
नुवाकोट । स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ का ४४ वर्षिय फुलवहादुर गुरुङसहित अन्य चार जना पक्राउ परेका छन् ।

उनीसहित ४ चिनियाँ नागरिकलाई प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो ।
प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया