आइतबार बिदा दिने सरकारको निर्णय फिर्ता
विदुर खबर
२०७९ जेठ २३ गते २०:३८
नुवाकोट । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो ।
सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो ।
दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया