चालकको मृत्युपछि पृथ्वी राजमार्ग अवरुद्ध

विदुर खबर २०७९ जेठ २२ गते ८:५८

नुवाकोट । धादिङको थांक्रेस्थित शनिबार भएको दुर्घटनामा अटो चालकको मृत्युपछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । जसकारण राजमार्ग दुईतर्फी ठप्प छ ।

Advertisement

धादिङको थांक्रे गाउँपालिका–१ ढाँडेमा शनिबार ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्से घर भई बेलकोटगढी नुवाकोट बस्ने ३० वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएको थियो।

Advertisement

प्रतिक्रिया