नुवाकोटका ४ युवक पक्राउ

विदुर खबर २०७९ जेठ २१ गते १३:३९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ९ खड्काथोकका २५ वर्षिय कुमार शिवभक्तिको हत्याको अभियोगमा नुवाकोटका चार युवा पक्राउ परेका छन् ।

Advertisement

प्रहरीले एक जना धादिङका युवकसहित अन्य चार नुवाकोटका युवालाई पक्राउ गरेका हो । मृतकको शव यहि जेठ १४ गते शंकास्पद अवस्थामा फेला परेपछि उनका भाई श्रीकृष्ण शिवभक्तिले दिएको किटानी उजुरी र अनुसन्धानका आधारमा चार जना युवकलाई पक्राउ गरेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेका युवकहरुमा प्रहरीले धादिङको खनियावासका २४ वर्षिय सुनील तामाङ, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का २० वर्षिय सन्दीप तामाङ, २५ वर्षिय विशाल तामाङ र २४ वर्षिय सरोज लामालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी नायव उपरिक्षक रुपक खड़काले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया