नुवाकोटका ४ युवक पक्राउ
विदुर खबर
२०७९ जेठ २१ गते १३:३९
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ९ खड्काथोकका २५ वर्षिय कुमार शिवभक्तिको हत्याको अभियोगमा नुवाकोटका चार युवा पक्राउ परेका छन् ।

प्रहरीले एक जना धादिङका युवकसहित अन्य चार नुवाकोटका युवालाई पक्राउ गरेका हो । मृतकको शव यहि जेठ १४ गते शंकास्पद अवस्थामा फेला परेपछि उनका भाई श्रीकृष्ण शिवभक्तिले दिएको किटानी उजुरी र अनुसन्धानका आधारमा चार जना युवकलाई पक्राउ गरेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेका युवकहरुमा प्रहरीले धादिङको खनियावासका २४ वर्षिय सुनील तामाङ, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का २० वर्षिय सन्दीप तामाङ, २५ वर्षिय विशाल तामाङ र २४ वर्षिय सरोज लामालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी नायव उपरिक्षक रुपक खड़काले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया