पति-पत्नीको सम्वन्ध यसरी बनाउनुस सँधै मायालु र ताजा

विदुर खबर २०७४ फागुन १० गते ९:३७

मानिसले जीवनमा हासिल गर्ने सफलतामा उसको दाम्पत्य सम्वन्धको ठूलो हात हुन्छ । दाम्पत्य सम्वन्ध सुमधुर हुन सकेन भने त्यसको प्रभाव उनीहरुको करिअरमा पर्छ ।

Advertisement

अहिलेको समयमा अधिकांस पति-पत्नी कामकाजी हुन्छन् । त्यसैले उनीहरु एकअर्काकालाई पर्याप्त समय दिन सक्दैनन् । तर, यही व्यस्तताका बीच पनि सम्वन्धमा ताजापन र न्यानोपन ल्याइराख्न हामी तपाईंलाई केही टिप्स दिँदैछौ ।

राति गर्नुस डेट

Advertisement

आ-आफ्नो कामले गर्दा दिनमा घुमफिरको लागि समय मिलाउन कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो पार्टीसँग रातको समयमा डेट जाने गर्नुस । यसका लागि हप्तामा कम्तिमा एक दिन आफ्नो पार्टनसँग बाहिर डिनर गर्नुस । अथवा, कुनै यस्तो ठाउँमा जानुस, जहाँ तपाईंहरु अन्तरंग कुरा गर्न सक्नुहुन्छ । यसबाट सम्वन्धमा मजबुति आउँछ ।

आकर्षण कायम राख्ने

Advertisement

श्रीमान र श्रीमतीबीच एक-अर्काप्रति आजीवन आकर्षण हुनु आवश्यक छ । तर कतिपय अवस्थामा समयसँगै आकर्षण कम हुँदै गएको पाइन्छ । यसबाट सम्वन्धमा दुरी उत्पन्न हुन्छ र असमझदारी पनि बढ्न सक्छ । त्यसैले आफ्नो पार्टनरका प्रति आकर्षण कायम राख्नुस । यसले सम्वन्धलाई ताजा बनाइराख्न सहयोग पुग्छ ।

ठट्टा गर्ने, छिल्लीने

उमेर छिप्पिदै गएपछि कतिपय मानिसहरु आफूमा गम्भीरता ल्याउन थाल्छन् । कतिपय अवस्थामा गम्भीरता आवश्यक हुन्छ, तर सँधै गम्भीर भएर बसिदियो भने सम्वन्धमा रोचकता आउन सक्दैन । आफ्नो जीवनसाथीसँग बेलाबखत जिस्किने र छिल्लिने गरिराख्नुपर्छ ।

किचनमा सहयोग

सम्वन्धलाई न्यानो र रोमान्टिक बनाउने एउटा अर्को तरिका हो खाना पकाउन र किचेनको काममा सहयोग गर्नु । यदि तपाईंलाई पकाउन आउँदैन भने पनि भाँडा माझ्ने, तरकारी काट्ने जस्ता काममा सहयोग गर्न सक्नुहुन्छ । किचेनमा श्रीमान र श्रीमती मिलेर काम गर्दा दुवैलाई छुट्टै स्फुर्ति पनि प्राप्त हुन्छ ।

सँगै यात्रा गर्ने

तपाईंको पार्टनरलाई सँधै घर र अफिस गर्दा गर्दा दिक्क लागेको हुन सक्छ । त्यसैले वर्षमा एक वा दुई चोटि कामबाट छुट्ट िलिएर आफ्नो जीवनसाथीसँग लामो यात्रामा निस्किनुस । यस्तो यात्राले तपाईंहरुबीच भावनात्मक सम्वन्ध अझ प्रगाढ बनाउन र एक-अर्कालाई अझै राम्रोसँग बुझ्न सहयोग गर्छ ।

पुराना कुरा सेयर गर्ने

पति र पत्नीलाई एक-अर्काको पुरानो कुरा थाहा हुँदैन, जबसम्म उनीहरुले सेयर गर्दैनन् । पुराना कुराहरु जति सेयर गर्‍यो एक-अर्कालाई चिन्न त्यति सजिलो हुन्छ । पुरानो संघर्षका कथाहरु सुनाउँदा प्रेरणा पनि मिल्छ । त्यसैले राति सुतेको बेला वा एकान्त आलापमा भएका बेला यस्ता कुराहरु सेयर गर्नुस ।

उपहार दिनुस

उपहार यस्तो चिज हो, जसले तुरुन्तै कसैको मुड चेन्ज गरिदिन सक्छ । यदि तपाईंलाई आफ्नो पार्टनर कुनै कुरामा सन्तुष्ट रहेको आभास मिल्यो भने उनलाई फकाउन उपहारको सहारा लिन सक्नुहुन्छ । उपहारमा सकभर उनको रुचीको कुरा छनोट गर्नुस जसले उनको अनुहारमा मुस्कान ल्याउन सकोस ।

प्रतिक्रिया