जनताले गुनासो गर्ने अवस्था नआओस् : मेयर श्रेष्ठ
नुवाकोट । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सेवाग्राहीले गुनासो गर्ने अवस्था आउन नदिन र आस्थाका आधारमा कसैसंग पूर्वाग्रह नराख्न निर्देशन दिएका छन ।

स्थानीय सरकार संघीय शासन व्यवस्थाको मेरुदण्ड भएकाले यस विपरितका कार्य सह्य नहुने भन्दै उनले जनताले गुनासो गर्ने अवस्था आउन नदिन सबै कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार बिदुर नगरपालिकाका शाखा प्रमुख र कर्मचारीहरूसंग कार्यालयको बस्तुस्थिती बुझ्ने क्रममा प्रमुख श्रेष्ठले सुशासनयुक्त र पारदर्शी स्थानीय सरकार निर्माणका लागि सहयोग गर्न कर्मचारीहरूसंग आग्रह समेत गरे । त्यसक्रममा नगरप्रमुख श्रेष्ठले आर्थिक अनुशासन कायम गर्दै नागरिकलाई बास्तविक स्थानीय सरकारको बोध गराउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउँदै स्थानीय सरकार संचालन ऐन र संबन्धित कानुनहरूका बिपरित हुने क्रियाकलापको अन्त्य आफ् नो प्रमुख लक्ष्य रहेको बताए ।
आफ्नो कार्यकालमा कुनै पनि कर्मचारीले आस्थाका आधारमा बिभेद सहन नपर्ने बताउँदै उनले राम्रो काम गर्नेले पुरस्कृत हुने र खराव आचारण भएकाले दण्डित हुने सर्वमान्य सिद्धान्तप्रति सजग रहन कर्मचारीहरूलाई सुझाए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सुशासनयुक्त नगरपालिका निर्माणमा कर्मचारीहरूको भुमिका महत्वपूर्ण रहने बताउँदै जनप्रतिनिधिको सहयोगीका रुपमा क्रियाशिल रहन कर्मचारीहरूलाई आग्रह गरिन ।
सेवाग्राहीका हरेक समस्याको समाधानका लागि जनप्रतिनिधि र कर्मचारीको ऐक्यबद्ध प्रयत्न हुन सकेमा मात्र समृद्ध नगरको परिकल्पना सार्थक हुने भएकाले जिम्मेवार भएर सबै पक्ष क्रियाशिल हुनुपर्ने उपप्रमुख बोगटीको भनाई थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र बिभिन्न शाखाका प्रमुखहरूले नगरपालिका र शाखाहरूका गतिबिधिहरूका बारेमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जानकारी गराएका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया