धादिङमा चट्याङ लागेर २ जना घाइते

विदुर खबर २०७९ जेठ ८ गते १५:२०

नुवाकाेट । दक्षिणी धादिङको महाभारत क्षेत्र अन्तरगत चेपाङ गाउँमा शनिबार राती चट्याङ पर्दा दुई जना घाइते भएका छन् ।

Advertisement

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ स्थित दार्गाजुममा चट्याङ लाग्दा दुई जना चेपाङ घाईते भएका हुन् । घरमा बसीरहेको अवस्थामा चट्याङ लाग्दा ६२ वर्षीय चन्द्र बहादुर चेपाङ र ४३ वर्षीय सम्झना चेपाङ घाईते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक भावेशरिमालले बताए ।

घाइते दुवै श्रीमान श्रीमती हुन् । घाइते दुबैजनाको अहिले विदाङ स्वास्थ्य चौंकीमा उपचार भइरहेको घाइतेका छोरा शरण चेपाङले जानकारी दिए ।

Advertisement

चट्याङका कारण घरमा क्षति भएको छ । फुटेको र चर्केको छ । घरमा बाँधिएका ५ ओटा बाख्रा समेत मरेका कारण चेपाङ परिवारको विचल्ली भएको छ।

धादिङको दक्षिणी क्षेत्र चैत, वैशाख, जेठमा अत्याधिक चट्याङ पर्ने क्षेत्रकोरुपमा चिनिएको छ।

Advertisement

प्रतिक्रिया