विदुर ९ को वडाध्यक्षमा गठबन्धनका हरिराम भण्डारी विजयी
विदुर खबर
२०७९ जेठ ६ गते ९:३०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा गठबन्धन दलका साझा उम्मेद्धवार माओवादी केन्द्रका हरिराम भण्डारी विजयी भएका छन् ।

विजयी भएका भण्डारीले ११३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शनि चित्रकारले १०५० मत प्राप्त गरे ।
यस्तै महिला सदस्यमा सिता बोगटी (१०५०) र दलित महिला धनमाया सुनार (१०२५)र राजेन्द्र श्रेष्ठ (९६२) विजयी भएका छन् । उनीहरु सबै एमालेका हुन् ।
यस्तै खुल्ला सदस्यमा कांग्रेसका राजकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय ९१ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया