विदुर १० को वडाध्यक्षमा कांग्रेसका गणेश नेपाल विजयी

विदुर खबर २०७९ जेठ ६ गते ७:५३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा गठबन्धनका साझा उम्मेद्धवार नेपाली कांग्रेसका गणेशकुमार नेपाल विजयी भएका छन् ।

Advertisement

नेपालले आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका उद्धव खतिवाडालाई १७५ मतले परावित गर्दै नेपाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालले १०८५ मत प्राप्त गर्दा एमालेका खतिवडाले ९१० मत प्राप्त गरेका छन् । वडासदस्यमा सबै एमालेका उम्मेद्धवार विजयी भएका छन् ।

Advertisement

नेपाल २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए । उनी विदुर १० को लगातार दुई कार्यकालको लागि वडाध्यक्ष समेत बनेका छन् ।

प्रतिक्रिया