विदुरमा राजनको साढे २७ सयको अग्रता
विदुर खबर
२०७९ जेठ ४ गते ८:२७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा गटबन्धनका उम्मेद्धवार राजन श्रेष्ठले फराकिलो अग्रता लिएका छन् ।

कुल १६ हजार ४ सय ९० मत गणना हुँदा श्रेष्ठले अग्रता फराकिलो बनाएका हुन् । विहान ८ ः १५ बजेसम्ममा गठबन्धनका साझा उम्मेद्धवार रहेका श्रेष्ठले ८ हजार ७ सय २७ मत ल्याएका छन भने एमालेका सञ्जु पण्डितले ५ हजार ९ सय ६३ मत ल्याएका छन् ।
अहिलेसम्म विदुरको १, २, ३, ४, ६ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्बर ५, ७, ८ को मतगणना भइरहेको छ ।
त्यस्तै केही वेरमा विदुर ९ को मतगणना गर्ने तयारी भइरहेको छ ।
हालसम्म विदुर १, २, ३, ४, ६ वडामा नयाँ नेतृत्व चयन भइसकेको छ । अहिलेसम्मको नतिजा अनुसार एमालेले १, २, ४ र ६ गरि चार वडामा विजयी भएको छ भने कांग्रेस एक वडामा मात्र सिमिति भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया