विदुरको मेयर र उपमेयर दुबैमा गठबन्धनको अग्रता

विदुर खबर २०७९ जेठ १ गते ७:३५

नुवाकोट । विदुर नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धन दलले अग्रता लिएको छ ।

Advertisement

केही यो समाचार तयार पार्दासम्म मेयरमा गठबन्धनका राजन श्रेष्ठले १५ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेका सञ्जु पण्डितले ११ सय २२ मत प्राप्त गरेका छन् ।

मेयरका उम्मेद्धवार श्रेष्ठले पण्डितलाई भन्दा ४ सय ५० मतले पछाडि पारिरहेका छन् ।

Advertisement

यस्तै उपमेयरमा लामो समय अग्रता बनाएकी एमालेकी अम्बिका नेपाललाई गठबन्धनकी प्रभा बोगटीले उछिनेकी छिन् । प्रभाले १०८८ मत प्राप्त गर्दा नेपालले १०७० मत प्राप्त गरेकी छिन् ।

बोगटी अहिले नेपालभन्दा १८ मतले अगाडी रहेकी छिन् । अहिले विदुर नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

अहिलेसम्म करिव ३२ सय मतगणना गरिएको छ ।

प्रतिक्रिया