विदुर २ मा एमालेको प्यानल नै अगाडी

विदुर खबर २०७९ वैशाख ३१ गते २१:१६

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ को मतगणना जारी रहदा एमालेको प्यानल नै अगाडी रहेको छ ।

Advertisement

यो समाचार तयार पार्दासम्म ८ सय ४ मत गणना हुदा एमालेको तर्फबाट उम्मेद्धवार रहेका दिपक कायस्थले ३ सय ४१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका सुरज श्रेष्ठले २ सय ५३ मत ल्याएर पछ्याइ रहेका छन् ।

यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि एमालेकै उम्मेद्धवारले अग्रता लिएका छन् ।

Advertisement

विदुर २ बाट मेयरको लागि रुखमा ३ सय ९५ र सुर्यको लागि २ सय ८६ मत प्राप्त भएको छ । यस्तै उपमेयरमा सुर्यमा ३ सय ५ र हसिया हथौडामा २ सय ७७ मत प्राप्त भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

विदुर नगरपालिका वडा नम्बर २ मा अझै तीनसय मत गणना गर्न बाँकी रहेको छ ।

Advertisement

प्रतिक्रिया