बट्टारको हावाघरमा गठबन्धन दलको आमसभा हुँदै
विदुर खबर
२०७९ वैशाख २६ गते ११:५७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघरमा गठबन्धन दलले आज आमसभा आयोजना गरेको छ ।

गठबन्धन दलका पार्टीहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको संयुत्त आयोजनामा आमसभा हुन लागेको नेपाली कांग्रेस विदुर नगर कमिटिका सभापति हरिलाल श्रेष्ठले जानकारी दिए ।

दिउँसो साढे १२ बजेपछि हुने आमसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसी, बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हितवहादुर तामाङ, विमला सुवेदी, एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा नुवाकोटका इन्चार्ज राजेन्द्र प्रकाश लोहनीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभामा सहभागी हुन नगरपालिकाको विभिन्न वडाहरुबाट मोटरसाईकलका ¥यालीहरु बट्टार आइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया