विदुर नेपाली कांग्रेसको भोट बैंक हो : राजन श्रेष्ठ

विदुर खबर २०७९ वैशाख २३ गते २१:२३

नुवाकोट । गठबन्धन दलको तर्फबाट विदुर नगरपालिकाको मेयरको उम्मेद्धवार हुन् राजन श्रेष्ठ । जिल्लाका यवा व्यवसायीको रूपमा छवि बनाउन सफल श्रेष्ठ विदुरमा सबैमाझ लोकप्रिय व्यक्ति हुन् । सानोदेखि ठुलोसम्म सबैसँग छिट्टै घुलमिल हुने उनी नुवाकोट उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत हुन् ।

Advertisement

एक कार्यकाल नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष भएका उनी नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्यका साथै दोस्रो कायएकालमा सबैभन्दा धेरै मत ल्याएर दोस्रो पटक सदस्य बनेका हुन् । बुढा पाकाहरुको दल भनेर चिनिने नेपाली कांग्रेसले युवा उम्मेद्धवारको रुपमा राजन श्रेष्ठलाई टिकट दिएपछि पार्टीभित्र रहेका युवामाझ उत्साह छाएको छ । उनै राजन श्रेष्ठसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

विदुर नगरपालिकाको मेयरको उम्मदवारी के का लागि बन्नु भयो ?

Advertisement

विदुरका नागरिकको सेवा गर्नको लागि नै म उम्मेदवार भएको हँ । म यस भन्दा अगाडी नवाकोट उद्योग वाणिज्य संघको कोषाध्यक्ष, अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो पटक पनि केन्दिय सदस्यमा निर्वाचित भएँ । योक्रममा मैले व्यवसायिक क्षेत्र र तल्लो तह र तप्काको जनताहरूको सख दुःख बुझेकोु छु ।

मेरो विदुर नगरपालिकाको मेयरको उम्मेदवारी भनेको नगर भित्रका विपन्न, दःखी तथा विद ु र नगर पालिकाको विकट क्षेत्रमा बसोवास गर्ने जनताको सुखदःखमा साथ तथा सहयोगको लागि हो । म शासक होईन जनताको सेवक हो । नगरको हरेक क्षेत्रलाई सवलताका साथ अगाडी बढाई समृद्ध नगरको लागि हो ।

Advertisement

गठबन्धनको उम्मेदवार हुनुहुन्छ । गठबन्धनल जित्छ भन्ने आधारहरू के के हुन ?

विदर नगरपालिका नेपाली कांग्रेस पार्टीको भोट बैंक हो । नेपाली कांगेस पार्टीले नवाकोट जिल्लामा सरकारमा रहदा वा नरहदा हरेक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मध्य पहाडी राजमार्गलाई विदर नगरपालिकाबाट लैजान पहल गरेको र सो कार्य पनि करीव सम्पन्नताको चरणमा पगेको छ ।

केन्द्रिय कारागार, औद्योगिक ग्राम, पोष्टबहादुरबहपुाबिधिक विद्यालय, त्रिशूली अस्पताल सविधा सपन्न तथा स्तरोन्नतीका लागि पहल गरेको, सडक सञ्जालको विकास, ५० वटा भन्दा बढी पक्की पुलहरूको निर्माण, १२३ आयोजनाहरू रातो किताबका समावेश तथा कार्यान्वयन, सूचना तथा संचारमा भएको विकास, वित्तिय पहँचका लागि कार्यहरू लगायतका विकास निर्माण र अन्य कार्यहरूमा कांगेस तथा गठबन्धन ्दलहरूको महत्वपूर्ण भूमिका रहेको छ ।

यस कामको आधारका पनि जनताले मूल्याकंन त पक्कै पनि गर्लान । अर्को बलियो आधार भनेको मैलै नवाकोट उद्योग बाणिज्य संघमा नेतृत्व गर्दै गर्दा नवाकोट उद्योग वाणिज्य संघमा पनि महत्वपूर्ण कार्यहरू जस्तै एक गाउँ एक उत्पादन, व्यावसायीहरूलाई परामर्श सेवा, उधोग कलकारखानाका लागि पहल, स्थानीय बस्तहरूको बजारीकरण लगायत पनि ह हुन् । यी योगदानको पनि नगरका जनताहरूले मूल्याकंन पक्कै पनि गर्लान । हाम्रो गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवारप्रभा बोगटी जो अथक संघर्ष त्याग र बलिदानीको राजनीतिबाट आउनुभएको छ ।

उहाँको योगदानलाई पनि जनताले बढोमहत्वका साथ हेरीरहन भएको छ । उहाँ पनि जनतामाझ लोकपिय हुनुहुन्छ । अर्को तर्फ अंक गणितीय आधारमा हेर्ने हो भने हामी गठबन्धनबाट विभिन्न पार्टीको नेतृत्व गरेर चनावी मैदानमा छौं । २०७४ स्थानीय चनावलाई नै विश्लेषण गर्ने हो भने नेपाली कांग्रेसको मत ८७४२ र ने.क.पा. माओवादीको ४७३६ मत खसेको थियो भने ने.क.पा. .एमालेको ९७१६ मत खसेको थियो । ने.क.पा. एमालेको धेरै तथा कार्यकर्ता ने.क.पा. एसमा छन् । यो ठूलो शक्ति हो ।

हामी गठबन्धन दलका सवै उम्मेदवारहरू अत्याधिक मतले जित्छौं । अर्को तर्फ अगजको साथ र युवाको रोजाई पनि उल्लेख्य देखेको छु । अग्रजकोखारीएको अनभव र युवाहरूको जोशको समिश्रणले हामीलाई विजयी बनाउने छ ।

तपाइको योजनाहरू के के छन् ?

मेरो प्रमुख योजना भनेको सुन्दर नगर निर्माण गर्ने हो । पहिलो काम सरकारी काम काजलाई सरल, सहज, विना झन्झट सजिलै जनताका कार्यहरूलाई जनताको पहँचमा पु¥याई चुस्त दुरुस्त बनाउन हो । सुन्दर शहर निर्माणका लागि बौद्धिक भण्डारण (थिंक ट्यांक) को गठन तथा व्यवस्थापन गर्नेछ । यो टिममा हरेक क्षेत्रमा ुविज्ञ व्यक्तित्वहरू रहन्छन् ।

विकासलाई दिर्घकालीन रूपमा टिकाउन, लगानी सही ठाउँमा गर्न, नगरको महार फेर्नका लागि गुरु योजना, आवधिक तथा वार्षिक योजना, संस्थागत क्षमताको आंकलन, कार्यहरू गर्नेछौ ।

विकासका हरेक क्षेत्रमा सामाजिक समावेशिताको अवधारणा अनसार व्यवस्था गरिनेछ । भनिन्छ असल योजना तर्जमा गर्न भनेको आधा सम्पन्न हनु हो । म विज्ञको टिमले अध्ययन अनसन्धानबाट पर्याप्त तर्क पश्चात मात्र श्रोत साधनको उचित प्रयोग गर्नेछ । म नीतिमा चल्छु न कि नेतामा । म गठबन्धनको भावना र मर्म अनुसारसझबुझका साथ कार्य गर्नेछ ।

ज्येष्ठ नागरिकहरूलाई थप रु.१००० भत्ताको व्यवस्था गर्ने, स्वास्थ्य बीमामा पहँचु अभिबृद्धि गर्ने, कृषि पशुवाली बीमा, पर्यापर्यटनको विकास, बिभिन्न जातजाती भाषा भाषि संस्कार र संस्कृति जर्गेना गर्ने, ऐतिहासिक क्षेत्रहरू नुवाकोट दरवार, देवीघाट, उत्तरगया धाम लगायतका ऐतिहासिक क्षेत्रहरू, विभिन्न कोतहरूको विकास तथा पबद्धन गर्ने, प्रादेशिक विश्व बिद्यालयको स्थापना गर्न पहल गर्नेछ ।
कृषिमा आधुनिकिकरण, औद्योगिकीकरणको बिकास, नागरीक एप्सको संचालन, हरेक वडा कार्यालयहरूमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा, रोजगार बैंक, युवा उद्येमीलाई प्रोत्साहनमुलक कार्यहरू, जबाल शिक्षाका शिक्षकहरू तथा बिद्यालयका कर्मचारीहरूलाई नेपाल सरकारको न्यूनतम तलबको व्यवस्था, गरीव, बिपन्न तथा असायह नागरीकहरूलाई उच्च प्राबिधिक शिक्षा हासिल गर्नका लागि आवश्यक छात्रबृत्तिको व्यवस्था गर्नेछौँ ।

हरेक वडामा पस्तकालय तथा ई पस्तकायको ब्यवस्था, सार्वजनिक स्थानहरूमा फि वाईफाईको ब्यवस्था, युवा उद्यमीहरूका लागि विना धितो सहलियत ऋणको व्यवस्था विभिन्न देशहरूका विकसित नगरहरूसंग भगिनीको सम्बन्ध विकास गरी तीव गतीमा नगरको विकास गर्नेछौँ । भष्टाचारलाई शुन्य सहनशिलता, मेरो नेतृत्वमा नगरवासीले पक्कै पनि फरकपनको आभास हने कुरामा दूईमत छैन ।

निर्वाचनमा बिभिन्न आश्वासन बाढन् जितेपछि सबै विर्सने जनप्रतिनिधिको बानी छ नी ?

म बचनमा पक्का ब्यक्ति हँ । मेरो नवाकोट उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघमा रही गरको कार्यले पनि थाहा हन्छ कि त्यहाँ मैले जे बोले त्यही गरे । म गर्न नसक्ने करा केही बोल्दिन, जे सक्छ त्यो बोल्छ ु जे वोल्छ त्यो परा गर्नका लागि श्रोत साधनहरूको अधिकत्तम उपयोग गर्नेछु । म लिखित वास्तबिक योजनाको आधारमा बिभिन्न सूचांकहरूले मापन गरी कार्य गर्नेछु । त्यसैले म जनताहरू समक्ष राखेको पतिबद्धता पुरा गरेर छाड्नेछ ।

साभार : त्रिशुली खबर साप्ताहिकबाट ।

प्रतिक्रिया