विदुरको उप–मेयरमा म जित्छु : देबेन्द्र थापा

नुवाकोट । जनसमाजवादी पार्टी नेपालबाट विदुर नगरपालिकाको उप–मेयरका उम्मेदवार बनेका देबेन्द्र वहादुर थापा क्षेत्रीले जनता नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलसँग रुष्ट भएकाले आफूले चुनाव जित्ने दावी गरेका छन ।

बिहिबार विदुर नगरपालिका वडा नम्बर ३ को घरदैलो अभियानको क्रममा बोल्दै थापाले विदुर नगरपालिकाकाको मेयर उपमेयरमा एमालेले पटक पटक जितेपनि विकास गर्न नसकेको र कांग्रेसलाई पनि भरोसा नगर्ने हुँदा आफूले चुनाव जित्ने दावी गरे ।
‘म भ्रष्टाचार र सुशासनको पक्षमा छु, नगरको बेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ’, उनले भने, ‘कांग्रेस, एमालेलाई अब विदुरबासीले पत्याउने अवस्था छैन ।’
उनले जनसमाजवादी पार्टीलाई मतदानसँगै आफूलाई जिताएर विदुर नगरपालिकाको हरेक क्षेत्रको विकासका लागि जनताको चाहना अनुरुप काम गर्ने धारणा राखे ।

वृद्धवृद्धालाई घरघरमा बृद्धभत्ता पुर्याउने, कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइने, उप–मेयर भएपछि आफूले पाउने सेवा सुविधा विपन्न, गरिबको स्वास्थ्य सेवामा खर्चिने प्रतिवद्धता थापाले जनाएका छन ।
उनले आफू नेपाल रेडक्रस लगायतका संघसंस्थामा रहेर नगरपालिकाका हरेक क्षेत्रमा समाजसेवा मार्फत विदुर नगरपालिकाको विकासमा काम गरेको दावी गरे ।

विदुर नगरपालिकाको विकाससँगै जनताका समस्यासँग जोडिन अब चुनावी अभियानमा धेरै अघि बढिसकेको उनले बताए ।
घरै दैलो अभियानको क्रममा जनताले विदुरमा वैकल्पिक शक्तिमा विश्वास गरेको भन्दै थापाले त्यो वैकल्पिक शक्ति भनेको जनसमाजवादी पार्टी नेपाल भएको जिकिर गरे ।

जनसमाजवादी पार्टी नुवाकोटका अध्यक्ष समेत रहेका थापाले आगामी वैशाख ३० गते हुने निवाचनमा जनताले अत्याधिक मत दिएर विजयी गराउने दाबी गरे ।
सम्बन्धित समाचार ।
विदुरको उप–मेयरमा देवेन्द्र दाईको चर्चा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया